हाम्रो बारेमा


कृषि उत्पादनसंगै बजारीकरणमा देखिएको समस्यालाई हल गर्ने प्रयासका साथ ICF Sudridh परियोजनाको आर्थिक सहयोगमा पोखरा महानगरपालिका, कृषि तथा पशु विकास महाशाखा अन्तर्गत “डिजिटल कृषि बजार व्यवस्थापन प्रणाली” निर्माण गरिएको छ | यस प्लेटफर्मले कृषक तथा कृषि सरोकारवालाहरुलाई खरिद बिक्रि गर्न मद्धत गर्छ भने आपेक्षा राखिएको छ | यस प्लेटफर्ममा निम्न प्रकारको रजिस्टर गर्न सक्नु हुन्छ |
1. कृषक
2. कृषक समूह
3. कृषि सहकारी
4. कृषि उत्पादन खरिदकर्ता
5. कृषि सामग्री आपूर्तिकर्ता


यस प्रणालीमा कृषक / कृषक समूह / कृषि सहकारीले आफ्नो उत्पादनको विवरणहरु पेश गर्न सक्नु हुन्छ | कृषक / कृषक समूह / कृषि सहकारीले आफ्नो उत्पादनको लागि आवश्यक कृषि सामग्रीहरु बाली / बस्तु अनुसार खोजेर आपूर्तिकर्तासंग सोझै सम्पर्क राख्न सकिन्छ | साथसाथै आफुले उत्पादन गर्दै गरेको वा गर्न लागेको बाली / बस्तुहरुको ब्यवाशाहिक योजना आवश्यक भए माग गर्न पनि सक्नु हुन्छ | प्रदेशस्तरीय बजारहरुको जानकारी तथा बजार मुल्य पनि यही प्रणाली अन्तर्गत प्राप्त गर्न सक्नुहुन्छ | कृषि उत्पादन खरिदकर्ताले पनि आफुले खरिद गर्न सक्ने बाली / बस्तुको विवरण पेश गर्न सक्नु हुन्छ र उत्पादन गर्दै गर्नु हुँने कृषक / कृषक समूह / कृषि सहकारीहरुसंग सोझै समन्वय गर्न सकिन्छ | कृषि सामग्री आपूर्तिकर्ताले आफुसंग भएको बीउबिजन / यन्त्र तथा औजार / बिषादी / मल र अन्य कृषि सामग्रीहरु उपलब्ध परिमाण र मिति राखेर पेश गर्न सकिन्छ |